गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मुगुका युवा गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको परिणाम भएको ठहर गरेको छ।
- पार्टीले महानगरपालिका र राज्यका निकायहरूको अपमानजनक व्यवहारले सडकमा काम गर्ने श्रमजीवीहरूमाथि यस्तो दुखद परिस्थिति सिर्जना भएको जनाएको छ।
- प्रलोपाले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति र भविष्यमा यस्तो अवस्था नआउने वातावरण सुनिश्चित गर्न माग गरेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मुगुबाट काठमाडौँ आएर जीविकोपार्जनका लागि सङ्घर्षरत युवा गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशील र कठोर व्यवहारको परिणाम भएको ठहर गरेको छ।
पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिका र राज्यका विभिन्न निकायले सडकमा काम गर्ने श्रमजीवीहरूमाथि गर्ने अपमानजनक व्यवहारले नै यस्तो दुखद परिस्थिति सिर्जना भएको जनाएको छ।
विज्ञप्तिमा शहरमा पठाओ चलाएर गुजारा गरिरहेका नेपालीले राज्यका निकायहरूको अमानवीय व्यवहारका कारण आत्मदाहको बाटो रोज्न बाध्य भएको उल्लेख छ। प्रलोपाले यस घटनालाई 'यो शताब्दीकै क्रूर मानव हत्या' को संज्ञा दिँदै शहरमा काम गरेर खाने वर्गमाथि राज्यले आतङ्क थोपरेको आरोप लगाएको छ।
पार्टीका प्रवक्ता लक्ष्मी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक राज्यले आफ्ना नागरिकको जीवन, सम्मान र जीविकोपार्जनको संरक्षण गर्नुपर्नेमा उल्टै उनीहरूलाई निराशा र चरम पीडाको अवस्थामा पुर्याउनु अत्यन्त दुखद र चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
"नीति निर्माण मात्र होइन, त्यसको कार्यान्वयन पनि मानवीय, न्यायपूर्ण र नागरिकमैत्री हुनुपर्दछ," विज्ञप्तिमा भनिएको छ।
प्रलोपाले मृतक गणेश नेपालीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
साथै, पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा कुनै पनि नागरिकले यस्तो कठोर अवस्था भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ।
विज्ञप्तिमा राज्यको यस्तो हर्कतको प्रतिवाद गर्नका लागि सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्ति र आम श्रमजीवी वर्गलाई अपिल समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण