शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मुगुमा शिशु मृत फेला

मङ्गलबार, १० साउन २०७९, २० : ११
मङ्गलबार, १० साउन २०७९

मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका(२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो ।

अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीयले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी  पाएलगत्तै प्रहरीले  घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

प्रहरीका अनुसार मृत शिशुलाई कुकुरले घटना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप