इजिप्टको अदालतले छात्राको हत्यारालाई फाँसीको सजाय सुनाउँदै भन्यो–मृत्युदण्ड टिभीमा प्रत्यक्ष प्रसारण गराउनू
इजिप्टको एक अदालतले छात्रा नायरा अशरफ हत्याराको मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्न सरकारलाई निर्देशन दिएको छ । अदालतले निर्दोष बालिकालाई खेलौना ठान्नेहरूले यो सजायबाट पाठ सिकून् भनेको छ ।
नायरा अशरफ २१ वर्षीया विश्वविद्यालयकी विद्यार्थी थिइन् । उनको २० जुनमा कायरोबाट केही टाढा छुरा प्रहार गरी हत्या गरिएको थियो ।
दोषीको नाम मोहम्मद अदल पक्राउ परेपछि अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदल विश्वविद्यालयमा नायराभन्दा माथिल्लो कक्षाका विद्यार्थी थिए । राजधानी कायरोबाट ८० किलोमिटर टाढा मन्सुरामा नायराको हत्या भएको थियो । हत्यारा घटना लगत्तै पक्राउ परेका थिए । गत महिना अदालतमा सुनुवाइ भएको थियो ।
मोहम्मद अदलले अपराध स्वीकार्दै ‘नायरासँग बिहेको प्रस्ताव गर्दा उनले अस्वीकार गरेको र त्यही रिसमा मारेको’ बताएका थिए । दुई दिनको सुनुवाइपछि अदालतले अदललाई मृत्युदण्डको सजाय सुनायो ।
नायराको हत्याको भिडियो सोसल मिडियामा भाइरल भएको थियो । भिडियोमा हत्यापछि हत्याराले उनको साथीलाई लासमाथि गोली हान्न आदेश दिन्छन् । पछि भिडियो सबै सामाजिक सञ्जाल प्लेटफर्महरूबाट हटाइएको थियो ।
फैसला क्रममा अदालतले ‘नायराको हत्यारालाई मृत्युदण्ड दिँदा त्यसलाई निजी टिभी च्यानलहरूले प्रत्यक्ष प्रसारण गराउन सरकारले पहल लियोस् भन्ने चाहन्छौं' । सरकारले यसका लागि आवश्यक कानुन परिमार्जन गर्नुपर्छ । आपराधिक मानसिकता भएका अन्य व्यक्तिले यसबाट पाठ सिकून् । प्रत्यक्ष मृत्युदण्ड देखेर तिनको मुटु कामोस् । यसका लागि हामीले सरकारलाई पत्र पनि लेखेका छौं ।’ भनेको छ
अदालतको यो माग सरकारले पनि मान्न सक्छ । सन् १९९८ मा कायरोमा एक महिला र उनका दुई सन्तानको हत्या तीन पुरुषले गरेका थिए । ती सबैलाई फाँसी दिइएको थियो र त्यो कारबाही टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण