अनुदानका लागि मात्र उद्योग दर्ता
उद्योग कलकारखाना दर्ता तथा सञ्चालनको मुख्य उद्देश्य भनेकै उत्पादन, प्रशोधन र रोजगारी सृजना गर्नु हो । रोजगारी सृजनासँगै फलफूल, तरकारी, जडिबुटी र रैथाने बालीको प्रशोधनबाट उत्पादन वृद्धि गरी आर्थिक आम्दानी बढाउनु नै उद्योग दर्ताको मुख्य लक्ष्य मानिन्छ ।
बढ्दो उद्योग दर्ताले बेरोजगारी अन्त्य हुने, उत्पादन वृद्धि हुने, आर्थिक स्थितिमा सुधार हुने, कच्चा पदार्थको प्रशोधन भइ बजारीकरण हुने आशा गर्नु स्वभाविक पनि हो । तर जुम्लामा पछिल्लो समय संख्यात्मक रुपमा उद्योग दर्ता ह्वात्तै बढेपनि गुणात्मक परिवर्तन शुन्य देखिएको छ । प्रदेश सरकार, स्थानीय तह र विषयगत कार्यालयले दिने अनुदान लिनकै लागि मात्र उद्योग दर्ता गर्ने प्रवृत्तिले उद्योगबाट न युवाले रोजगारी पाएका छन्, नत बजारले कुनै बस्तु नै।
उद्योग दर्ता बढ्दै जाने, युवा पलायन पनि बढ्दै जाने समस्या जुम्लामा बढेको छ । युवा अहिले कामको खोजीमा काला पहाड पुगेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार जुम्लामा झन्डै ३ हजार ६ सय ६० वटा दर्ता भएका छन् । स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रवृत्ति मौलाएपछि जुम्लामा उद्योग दर्ता गुणात्मक भन्दा संख्यात्मक मात्रै बढेको स्पष्ट देखिन्छ ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले उद्योग दर्ताको लक्ष्य अनुसार अपेक्षित उपलब्धी हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण