मृत्युको सेल्फी : हेलिकोप्टर नजिकै खिचिरहेका थिए फोटो, काटियो शिर
विदेशमा छुट्टी मनाउन गएका धनी परिवारका एक २२ वर्षका युवकको शिर हेलिकोप्टरको पखेटाले काटिएको छ । उनको शिर शरीरबाट अलग्गिएको बताइएको छ । ती युवक त्यहि हेलिकोप्टरमा सवार भएकोसमेत जानकारीमा उल्लेख छ । उनी हेलिकोप्टरको पखेटा बन्द हुनुभन्दा अघि नै तल झरेर सेल्फी खिच्न थालेको विभिन्न सञ्चार माध्यमले बताएका छन् ।
ज्याक फेन्टन नामका यी युवक बेलायतको एक धनाढ्य परिवारका थिए । उनी आफ्ना तीन साथीसँग हेलिकोप्टरमार्फत् माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकै एक नीजि हेलिप्याडमा पुगेका थिए । चार्टर्ड गरिएको बेल ४०७ हेलिकोप्टरको इन्जिन बन्द हुनुअघि नै उनी त्यहाँ उत्रिएको र हेलिकोप्टरको पछाडिको भागमा गएर सेल्फी लिन खोज्दा त्यस्तो दुर्घटना भएको द गार्जियनले बताएको छ ।
दुर्घटनालगत्तै आपतकालीन सेवा बोलाइएको तर पखेटाको तीब्र गतिका कारण ज्याकको तुरुन्त मृत्यु भएको जानकारीमा उल्लेख छ । दुर्घटनाको सुक्ष्म अनुसन्धान जारी छ । हेलिकोप्टरको इन्जिन र पखेटा बन्द हुनु अघि नै पाइटलटले यात्रीलाई बाहिर निस्कन दिएको भए उनीमाथि हत्याको मुद्दा दर्ता गर्न सकिने सम्भावना छ ।
एथेन्सको ओपन टिभीले दुर्घटनाका बेला ज्याक फोनमा कुराकानी गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने सम्भावना जताएको छ । ज्याकका अभिभावक अर्को हेलिकोप्टरबाट माइकोनोसबाट एथेन्स पुग्नै लागेको थिए । उनीहरु सबै छुट्टी मनाएर त्यहाँबाट बेलायत फर्किरहेका थिए ।
स्मरण रहोस्, ज्याकका पिता मिगुएल, द हप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन् । यो फार्म ४०० एकडमा फैलिएको छ र असाध्यै चर्चित छ ।
ज्याकको मृत्युपछि उनी हेलिकोप्टरबाट किन बाहिर निस्किएका थिए भन्ने बारे विशेष अनुसन्धान भइरहेको छ । स्मरण रहोस्, यदि पाइलटले बटन दबाएर पखेटालाई रोक्दैनन् भने हेलिकोप्टरको पखेटा इन्जिन बन्द भएको करिब दुई मिनेटपछि रोकिने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण