शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर एकको मुख्यमन्त्री को शेरधन कि भीम ?

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : ३४
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौँ । नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदेश नं १ भोजपुर को प्रदेश सभा ‘ख’ बाट शेरधन राई विजयी भएका छन् । उनले प्रदेश सभामा २० हजार ३ सय ३४ मत ल्याएका छन् । आफ्ना प्रतिद्वन्द्वी गाविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतको फरकले उनी विजय भएका हुन् ।    

अर्का प्रभावशाली नेता भीम आर्चाय सुनसरी क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ बाट विजयी भएका छन् । उनले २० हजार २ सय ११ मत ल्याएका छन् । 

मत परिणाम आइसकेपछि अब १ नं प्रदेशको मुख्य मन्त्री कसको जिम्मा पर्छ भनेर चर्चा हुन थालेको छ । दुई जना पूर्वमन्त्रीहरु दुई समूहका नेता हुन । भीम आचार्य माधव नेपाल खेमाका नेता हुन् । उनी पूर्व पर्यटन मन्त्री हुन् । उनले आफूलाई भावि मुख्यमन्त्रीको रुपमा सुनसरीको क्षेत्र न १ को  ख प्रदेश सभामा भोट मागेका थिए । 

उनलाई मुख्यमन्त्री बनाउन नेपालले पहल गर्नुपर्ने हुन्छ । तर, अहिले पार्टीमा संस्थापन नै हावी रहेको छ । 

युवा नेता शेरधन राई पनि १ नं प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा चर्चामा छन् । उनी पनि पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् । पूर्वका सबै जनजाति नेताहरु अशोक राईसँगै पार्टी छोडेर जाँदा पनि उनी एमालेमा नै बसेका नेता हुन् । 

उनी संस्थापन पक्षको नेताका रुपमा चर्चा हुने गर्छ । उनलाई संस्थापनको साथ रहने गर्छ । उनले पनि आफ्नो क्षेत्रमा भावी मुख्यमन्त्रीको रुपमा भोट मागेका थिए । उनी एमालेको १ नं प्रदेशका संयोजक पनि हुन्  ।  

यसरी हेर्दा उनको सत्तारोहण आचार्यको भन्दा सहज देखिन्छ । यदि संस्थापनले नेपाल समुहको कुरा मानेन भने राईको जिम्मा प्रदेश नं १ हाक्ने आउनसक्छ । उनी जनजाति पनि भएकाले प्राथमिकतामा पनि पर्ने सम्भावना रहन्छ । उनले आफु मुख्यमन्त्री भएमा प्रदेशको समृद्धि गर्ने भन्दै भोट मागेका थिए । 

राजनीतिक पोर्टोकलको आधारमा भने राईभन्दा आर्चाय सिनियर हुन् । आर्चाय स्थायी समिति सदस्य हुन् भने राई पोलिटब्युरो सदस्य । कम्युनिष्ट पार्टीमा सिनियर को भन्ने विषयले प्रभाव पार्छ । तर, यहाँ गुट हावि हुदा को मुख्य मन्त्री बन्छ भन्न सकिने अवस्था छैन । 

प्रदेश नं १ मा वामगठबन्धनलाई मुख्यमन्त्री बनाउन त्यति सजिलो भने छैन । दुई जना प्रभावशाली नेताहरुको भिडन्त हुने तय छ । एक जना मुख्यमन्त्री हुँदा अर्को छायाँमा पर्ने देखिन्छ ।

१ नं प्रदेशमा एमालेले ३६ स्थानमा जितेको छ भने सहयात्री माओवादी केन्द्रले १० स्थानमा विजय हासिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप