काठमाडौं महानगरले सिसडोल र बन्चरेमा दर्जनौं योजनाका लागि छुट्यायो बजेट
काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख रुपियाँको ड्रोन खरिद गर्ने भएको छ ।
वातावरण र कृषि विभागको बजेटमा ड्रोन खरिद गर्ने विषय उल्लेख गरेको छ । त्यसै गरी फोहोर खसालेपछि सफा सवारीसाधनलाई सिसडोल हुँदै काठमाडौं प्रवेश गर्न दिने गरी वासिङ सेन्टर निर्माण गर्न लागेको हो । त्यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । महानगरले सो क्षेत्रमा २५ करोडभन्दा बढी रकम छुट्टयाएको पुस्तकमा उल्लेख छ ।
झण्डै डेढ दर्जन बढी शीर्षकमा बजेट विनियोजन गरेको छ । स्थानीयले भदौ १ गतेबाट फोहोर फ्याँक्न नदिने चेतावनी दिइरेहको अवस्थामा महानगरले फोहोरलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न, स्थानीयलाई क्षतिपूर्ति, विद्यार्थी छात्रवृत्ति, विद्यालयमा अनुदानमा शिक्षक, बालीको रकम, विकास निर्माणलगायतका शीर्षकमा करोडौं बजेट विनियोजन गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण