काठमाडौं महानगरमा सात वर्षमा २२ हजार कुकुरलाई रेबिज विरुद्धको खोप
काठमाडौं महानगरपालिकामा विगत सात वर्षयता २२ हजार कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको छ । ललितपुरमा ‘द जाने गुडल इन्स्टिच्युट’ ले ‘मनुमित्र कार्यक्रम’मार्फत सन् २०१६ देखि हालसम्म २२ हजार कुकुरलाई खोप दिएको जानकारी दिएको हो । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्रका संयोजक वसन्त गौतमले रेबिजको आशङ्का भएका कुकुरहरूको परीक्षण गरिएको बताए ।
महानगरपालिकाले प्रत्येक वडामा वडाध्यक्षको सहकार्यमा ११ जना सदस्यहरु रहनेगरी कुकुर व्यवस्थापन समिति गठन गरिएको समेत उनले बताए । महानगरपालिकाबाट कुकुर वा अन्य पशु व्यवस्थापनलाई चालु आर्थिक वर्षमा १ करोड ६० लाख रकम छुट्याएको गौतमको भनाई छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अधिवक्ता सञ्जय अधिकारीले जनावरलाई व्यवस्थापन गर्दा कम पीडा हुने विधि अपनाउन सर्वोच्च अदालतले फैसला गरेको र सोही विधिमार्फत व्यवस्थापन गर्न सबैसँग आग्रह गरे । सो कार्यक्रममा काठमाडौं महानगरपालिकामा १८ हजार सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको पनि जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण