कोरोना सङ्क्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमण दर त्यसयता बढ्दै गएको छ । उनले भने, “पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ ।”
सीमा क्षेत्रमा जोखिम बढेकाले यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । सङ्क्रमण दर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण