मुगुमा ट्याक्टर दुर्घटना : १ को मृत्यु, ५ घाइते
आइतबार, १५ साउन २०७९, १२ : २१
मुगुको छारानाथ रारा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका– १३ रुघाका बर्ष ३५ को लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ८ः५० बजेतिर कर्णाली नदीबाट बालुवा लोड गरी बाम तर्फ जादै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
७ जना सवार ट्याक्टर सडकबाट ५०÷६० मिटर तल खसेको उनले बताए । घाइतेहरको जिल्ला अस्पताल ठिनी मुगुमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण