कर्णाली करिडोर एक सातादेखि बन्द
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।
“म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उनले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन् ।
“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण