शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी

शुक्रबार, २६ असार २०८३, १३ : ४२
शुक्रबार, २६ असार २०८३

सारांश

  • इरानी सञ्चारमाध्यमका अनुसार दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टिमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएका थिए ।
  • ६ दिनसम्म चलेको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम तेहरान, कुम, नजफ, करबला र मशहद गरी पाँच शहरमा आयोजना गरिएको थियो ।
  • गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिहरू पनि अन्त्येष्टिमा सहभागी भएका थिए ।

तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

इरानको प्रेस टिभीले खामेनीको अन्त्येष्टिलाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठुलो शवयात्रा भएको दाबी गरेको छ । ६ दिनसम्म चलेको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम तेहरान, कुम, नजफ, करबला र मशहद गरी पाँच शहरमा आयोजना गरिएको थियो ।

औपचारिक सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ हजारौँ इरानी नागरिकले खामेनीको शवप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

समारोहमा इरानका क्षेत्रीय सहयोगी समूहका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डलले अन्त्येष्टिमा उपस्थिति जनाएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् । 

खामेनीको अन्त्येष्टि इरानकै सबैभन्दा पवित्र शिया धार्मिकस्थल इमाम रेजा दरगाह, मशहदमा गरिएको हो । उनी चार महिनाभन्दा बढी अघि तेहरानको मध्यभागस्थित आफ्नै निवासमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा मारिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप