‘महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो’, प्रहरीको अचम्मको निवेदन भाइरल
भारतको उत्तर प्रदेशको बलिया जनपदमा तैनाथ एक प्रहरी हवल्दारको छुट्टीको निवेदन भाइरल भएको छ । यसमा ती हवल्दारले विवाहपछि खुसीको खबर दिनका लागि १५ दिनको छुट्टी माग गरेका छन् ।
उनले उक्त निवेदनमा विवाहको सात महिना बितिसक्दा पनि हालसम्म खुसीको खबर नपाएको दुखेसो पनि पोखे ।
जिल्लाको डायल ११२ मा तैनाथ गोरखपुरको सिपाहीले यो निवेदन दिएका हुन् । उक्त पत्रमा जवानले आफ्ना अधिकारीलाई लेखेका छन्, ‘महोदय, प्रार्थीको विवाहको सात महिना बितिसकेको छ । हालसम्म खुसीको खबर पाएकै छैन । म्याडम (श्रीमती) ले डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरिसकेकी छिन् । म उनीसँग बस्नुपर्छ । प्रार्थी घरमा नै बस्नेछ । अतः श्रीमानजी सँग के निवेदन गर्छु भने प्रार्थीलाई १५ दिनको इएल (अर्जित अवकाश) दिने कृपा गर्नुहोस् । तपाईंको महान कृपा हुनेछ ।’
युपीको प्रहरीको यो पत्र विशेष चर्चामा आएपछि एकातिर मानिसहरुले यसको मज्जा लिइरहेका छन् भने अर्कोतर्फ अवकाशको कारणबारे पनि खुबै विचार विमर्श भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण