गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन
काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् ।
विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।विभागले कुलेश्वरस्थित सहकारीको कार्यालय, सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा सिलबन्दी गरेको छ । विभागले सो संस्थाका सञ्चालक र व्यवस्थापकलाई विभागमा उपस्थित गराउन नेपाल प्रहरीलाई गुहारेको छ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका जिम्मेवार सञ्चालक तथा व्यवस्थापक विभागको सम्पर्कमा नआएको विभागका उपरजिस्ट्रार उपाध्यायले बताए । सो संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्टलगायत अन्य सञ्चालक तथा कर्मचारी पनि फरार रहेको संस्थाका सदस्यले बताएका छन् । उपरजिस्ट्रार उपाध्यायले उजुरी दिने क्रम बढ्दै गएकाले ठगिएको रकम र सङ्ख्याबारे यकिन गर्न केही दिन लाग्ने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण