आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो । जुन, २०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ छ ।
महासंघले हिजो सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको थियो । आइतबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो सोमबार ४०० रुपैयाँले घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण