युक्रेन युद्धसँगै रुसले ३.७ गुणाले बढायो भारततर्फको निर्यात
युक्रेनमा सैन्य हमला गरेसँगै रुसले भारततर्फको निर्यात ३.७ गुणाले बढाएको छ । टाइम्स अफ इण्डियाको पछिल्लो रिपोर्टअनुसार पछिल्लो दुई महिनामा रुसबाट भारततर्फ हुने निर्यात ३.७ गुणाले बढेको हो । खासगरी, युक्रेनमा सैन्य हमला सुरू गरेसँगै रुसमाथि पश्चिमा मुलुकहरूले विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाएका थिए । पश्चिमाको प्रतिबन्ध लागेसँगै रुसबाट निर्यात हुने पेट्रोलियम पदार्थको बजार समेत गुमेको थियो ।
आफ्नो परम्परागत बजार गुमे सँगै रुसले एसियाका दुई ठूला मुलुक भारत र चीनलाई पेट्रोलियम पदार्थ निर्यातको नयाँ गन्तव्यका रूपमा विकास गरिसकेको छ । यही कारणले रुसबाट भारततर्फ हुने निर्यात दुई महिनाको अवधिमै ३.७ गुणाले बढेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
रुसले अप्रिल र मे महिनामा मात्रै भारतलाई ५ अर्ब डलरको निर्यात गरेको छ । जसमा कच्चा पेट्रोलियम पदार्थको हिस्सा अधिक छ । जबकी, रुसबाट भारतमा सन् २०२१/२२ मा वर्षभरिमा जम्माजम्मी १० अर्ब डलरको निर्यात गरेको थियो ।
यस्तै, यही वर्षको फेब्रुअरी महिनामा युक्रेनमाथि हमला गरेयता भारततर्फको निर्यात साढे ३ गुणाले बढेको छ । यसअवधिमा रुसबाट भारतमा ८.६ अर्ब डलरको निर्यात भएको छ । सन् २०२१ को यही अवधिमा भारतमा रुसबाट २.५ अर्ब डलरको मात्रै निर्यात भएको थियो ।
भारतको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कच्चा तेलसँगै रासायनिक मल, हिरा, खानेतेल र कोइला लगायतको आयात समेत उल्लेख्य मात्रामा बढेको छ । जसले रुससँगै भारतको व्यापार घाटालाई झनै बढाइरहेको छ ।
सन् २०२२–२३ को पहिलो २ महिनाको अवधिमै भारतले रुससँगको व्यापारमा ४.८ अर्ब डलर व्यापारघाटा ब्यहोरेको छ । जबकी, गत वर्षको यही अवधिमा रुससँगको व्यापारमा भारत ९० करोड डलरले मात्रै घाटामा थियो । पछिल्लो समय भारतको घाटा चुलिँदै जानुमा भारतबाट हुने निर्यात घट्नु समेत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण