शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगीहरुले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत

बुधबार, १८ साउन २०७९, ०६ : ३०
बुधबार, १८ साउन २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरुले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् । 

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औधोगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गरेका छन् । ‘उद्योगीहरुबाट आएका सल्लाह र सुझावहरूलाई आउने दिनमा प्रदेश सरकारले सहज र सकरात्मक रुपमा लिनेछ, हामी त्यसलाई कसरी उद्योगीहरुको हितमा काम गर्ने पहलकदमी शुरु गर्दैछौ’ मुख्यमन्त्री राउतले भने ‘जग्गाको स्वामित्व प्राप्तिको सम्वन्धमा,वा चाहे अन्य संघिय सरकारबाट पाउनुपर्ने सहयोगको सवालमा प्रदेश सरकार अगाडी बढेर उद्योगीहरुका समस्या समाधान गर्नेछ ।’ 

मधेस प्रदेश अर्थ मन्त्रालय सँगै आधा दर्जन अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुको आर्थिक सहयोगमा शुरु भएको औधोगिक सम्मेलन सोमवारदेखि बारामा शुरु भएको हो । सञ्चारकर्मीहरुलाई समेत जानकारी नदिई गोप्य रुपमा शुरु भएको सम्मेलनमा मुख्य मन्त्री राउतसँगै उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक बिकास मन्त्री नवलकिशोर साह लगायत सचिवहरु र उद्योगीहरुको उपस्थिती रहेको थियो । 

औधोगिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ऐन कानुनमा सुधार गरेर मधेस प्रदेशमा उद्योग स्थापना गर्ने वातावरण प्रदेश सरकारले तयार गर्न भएको प्रतिवद्धता जनाएका छन् । ‘प्रदेश सरकारले बनाएका ऐन, नियमावली र प्रदेश सरकारले गर्न खोजेको लगानीको वातावरण सम्वन्धि योजनाहरु सम्वन्धमा वीरगञ्जमा विभाग गठन गरेर ३ दिनभित्र उद्योग स्थापना गर्न दर्ता गर्नसक्ने व्यवस्था मिलाउँदै छौ’ मुख्यमन्त्री राउतले भने  ‘सरकारले उद्योगलाई सुविधा दिँदा देशको संविधान ऐन कानुनकै अधिनमा रहेर दिने हो’ । 

उद्योग प्रवर्द्धनको लागि मधेश प्रदेशमा गरिएको सुधारका प्रयासहरु विषयमा कार्यक्रममा प्रदेश सरकारले ठुला उद्योगीहरुसँग सुझाव माग गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप