अवरुद्ध मध्यपहाडीको रुकुम पूर्व खण्ड पुनः सञ्चालन
बुधबार, १८ साउन २०७९, ११ : ३२
रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ । मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो ।
सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुम पश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण