युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय
नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।
असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो।
भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन् । भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण