आफूलाई पाल्न सक्दिनँ भनेर पसलमा चोरे, पक्राउ गर्न प्रहरीलाई दिए दबाब
थाइल्याण्डमा ६० वर्षका एक व्यक्तिले आफूलाई पक्राउ गरियोस् भनेर फार्मेसीबाट सामान चोरेका छन् । आफूलाई पाल्न नसक्ने बताउँदै उनले उक्त चोरी गरेका थिए ।
घटना सन् २०२२ को जुलाई २९ तारिखमा दक्षिण बैंककको चोनबुरी प्रान्तको हो । ६० वर्षका एक व्यक्तिलाई फार्मेसीबाट तीनवटा साबुन चोरिरहेको अवस्थामा कर्मचारीले भेटे । ती साबुन ०.४७ डलर पर्छन् । उक्त फार्मेसीमा सामान चोरी नगर्न कडा सूचना जारी गरिएको छ । चोरी गरेको अवस्थामा कसैलाई भेटे सामानको ३० गुणा बढी जरिवाना तिनुपर्ने वा जेलसमेत जानुपर्ने सूचना लेखिएको पनि छ । यद्यपि, त्यहाँका कर्मचारीले ती बुढा मान्छेलाई केही नगर्ने निधो गरे, त्यहाँ नजिकै उभिएर घटनालाई नियालिरहेका एक व्यक्तिले जरिवाना तिरिदिने प्रस्तावसमेत पेश गरे । तर ती बुढा व्यक्ति मानेनन् । प्रहरी बोलाइदिन आग्रह गरिरहे ।
फिचिट नाम भएका ती व्यक्तिले आफूलाई प्रहरीले पक्राउ गरोस् भन्ने मनसाय कर्मचारीलाई व्यक्त गरे । त्यसैले कर्मचारीले उनले भने झैँ गरे । सोधपुछको क्रममा ती व्यक्तिले आफू जेलमा जान चाहेको बताए । उनले जेलमा तीन छाक निःशुल्क खाना पाइने र अन्य व्यक्तिसँग कुराकानी पनि गर्न पाइने बताए । बाटोमा काम नगरी बस्नु र भोकै मर्नुभन्दा त जेल नै सुखजस्तो लागेर आफूले चोरी गरेको उनले बताए ।
प्रहरीले यो घटनालाई कसरी मिलायो भन्ने चाहिँ स्पष्ट जानकारी दिइको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण