दोस्रो विवाह गर्दै ऋतिककी पूर्व पत्नी
ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ कि उनीहरू आफ्नो बाँकी जीवन सँगै बिताउन चाहन्छन् र उनीहरू विवाह गर्न चाहन्छन्। सुजैनले दोस्रो पटक विवाह गर्न पनि गम्भीर रूपमा सोचेकी छन्," स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ। दुवैको विवाह भयो भने निकै साधारण तरिकाले हुने पनि समाचारमा भनिएको छ ।
यससँगै ऋतिक रोशनले पनि आफ्नी प्रेमिका सबा आजादसँग बिहे गर्ने योजना बनाएको कुरा पनि चलेको स्रोतले बताएको छ । तर अहिलेसम्म यो जोडीले विवाह गर्ने कि नगर्ने भन्ने निर्णय गरेको छैन । सुजैन र अर्सलान एकअर्कासँग धेरै समय बिताउने गरेका छन्। यी दुईको साथीमार्फत भेट भएको थियो ।
सुजैन खान र ऋतिक रोशनको जोडीलाई बलिउडका शीर्ष जोडीमध्ये एक थिए । धेरै वर्ष एकअर्कालाई डेट गरेपछि दुवैले सन् २००० मा विवाह गरेका थिए । विवाहपछि सुजैनले दुई छोरालाई जन्म दिइन्, रेहान र रिदान। तर सन् २०१४ मा दुवैको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि दुवैले सन्तान सँगै हुर्काउँदैछन् । लकडाउनको समयमा सुजैन दुवै बच्चाहरुबाट अलग बस्नु नपरोस् भनेर ऋतिकको घरमा बच्चाहरुसँग बस्न गएकी थिइन् । सम्बन्ध विच्छेदपछि पनि दुवैको सम्बन्ध निकै राम्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण