सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी
सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत, छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ भने केशर बस्नेतकै ४ वर्षकी छोरी जोशना बस्नेतको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
आइतबार साँझ नै बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानी बस्ने भूप बहादुर वलीको परिवारले जङ्गली च्याउ खाएर बिरामी भएका उनको परिवारका पाँच जनाकै जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनीहरूलाई सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेतमा उपचार रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण