कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
सारांश
- कर्मचारीको अनुशासन र आचरण सुधारका लागि सरकारले ‘डिजिटल’ निगरानी सुरु गरेको छ।
- राष्ट्रिय किताबखाना (निजामती) ले कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालेको छ।
- यस प्रणालीले खराब आचरण भएका कर्मचारीको विवरण स्थायी रेकर्डमा रहनेछ र यसलाई खटनपटन तथा व्यवस्थापनको मुख्य आधार बनाइनेछ।
काठमाडौँ । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।
कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय कितावखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेका कितावखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय कितावखानाले सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कारबाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराएको महानिर्देशक पोखरेलले जानकारी दिए ।
महानिर्देशक पोखरेलका अनुसार, कारबाहीको विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस्टममा ‘कस्टमाइजेसन’को कार्य समेत थालिएको छ। यसले अब कुनै पनि कर्मचारीले गरेको गल्ती वा उसले पाएको चेतावनी उसको स्थायी रेकर्डमा सधैँका लागि रहनेछ।
हालसम्म समयको पालना नगर्ने, माथिल्लो निकायको आज्ञा उल्लङ्घन गर्ने वा काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई सुपरीवेक्षकले चेतावनी दिने गरे पनि त्यसको औपचारिक अभिलेख रहने गरेको थिएन। जसका कारण खराब आचरण भएका कर्मचारीहरूले पनि सरुवा, बढुवा र पुरस्कारमा सफा रेकर्ड भएका कर्मचारीसरह सुविधा पाउने गरेका थिए।
‘खराब आचरण भएका कर्मचारी नै पुरस्कृत हुने अवस्थाले सरकारको निर्णयको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ,’ महानिर्देशक पोखरेलले भने, ‘अब प्रधानमन्त्री कार्यालयको निर्देशनपछि हामी खराब आचरणको विवरणलाई वैयक्तिक विवरणमा अभिलेखीकरण गरी खटनपटन र व्यवस्थापनको मुख्य आधार बनाउन इमानदारितापूर्वक जुटेका छौँ।’
निजामती सेवा ऐन २०४९ को दफा ५५ (क) मा सुपरीवेक्षकले तीन वटा अवस्थामा कारण खुलाएर कर्मचारीलाई चेतावनी दिन व्यवस्था छ । कर्मचारीले समयको पालना नगरेमा, सरकारी कामकाजमा माथिल्लो कर्मचारीको आज्ञा पालना नगरेमा र कार्यालयको काममा लापरबाही वा ढिलासुस्ती गरेमा चेतावनी दिन सक्ने व्यवस्था ऐनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण