राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
शुक्रबार, २६ असार २०८३, ०९ : ३३
सारांश
- राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्नेछ।
- बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।
- यस बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् ।
बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण