गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
सारांश
- वीर अस्पतालले जलनका बिरामी गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।
- उनको अवस्था अस्थिर रहेकाले दिल्लीको एम्स अस्पताल लैजान नसकी वीर अस्पतालमै उपचार भइरहेको छ ।
- शरीरको ५५ प्रतिशत भाग जलेका नेपालीको उपचारमा २१ जनाको विशेष टोली खटिएको छ ।
काठमाडौँ । जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्थाबारे जानकारी दिन वीर अस्पतालले पत्रकार सम्मेलन गर्ने भएको छ । बिहान १० बजे उनको अवस्थाबारे जानकारी दिन लागिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेको बताउँदै आएका छन् । नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नभएको कारण वीर अस्पतालमै उपचार गरिएको छ ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको उपचारको क्रममा निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण