तमलोपाकाे गठबन्धनबारे छलफल गर्न विजयकुमारलाई जिम्मेवारी
तमलोपाले मंसिर ४ मा हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । यस्तै पार्टीले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग सहकार्य तथा गठबन्धन गर्नका लागि छलफल गर्न वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई जिम्मेवारी दिएको छ ।
मंगलबार जनकपुरधामस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अध्यक्ष वृशेषचन्द्र लालको अध्यक्षतामा बसेको बैठकले संसदीय लोकतन्त्रको मान्यतालाई सत्तारुढ दलले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रहिरहनु हास्यास्पद भएको केन्द्रिय सदस्य उमेश मण्डलले बताए ।
बैठकले नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपनि प्रमाणीकरणमा राष्ट्रपतिबाट ढिलाइ भएकोप्रति तमलोपाले ध्यानाकर्षण भएको जनाएको छ । तमलोपाले सो विधेयक तत्काल प्रमाणीकरण गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण