किरण रावको फिल्ममा आमिर खान रिजेक्ट
पूर्वपत्नी किरण रावसँग डिभोर्स भएपछि पनि आमिर र किरण सँगै काम गर्दै आएका छन् । धोबीघाट जस्ता चलचित्र निर्देशन गरेका किरणले छिट्टै ‘मिसिङ लेडीज’ नामक चलचित्र निर्देशन गर्दैछिन् ।
के यो फिल्ममा पनि अन्य फिल्मजस्तै आमिर खानलाई देख्न सकिन्छ त ?
आमिर खानले यस पटक किरण रावले आफूलाई ‘रिजेक्ट’ गरेको बताएका छन् ।
उनले भने, ‘स्क्रिन टेस्टमा किरणले मलाई रिजेक्ट गरिन् । उनले कुनै सम्झौता गरिनन् । अहिले एक अभिनेताको रूपमा मलाई यो नराम्रो लाग्छ तर यो हाम्रो जीवनको एक हिस्सा हो । तर, किरणले यो भूमिकाका लागि कसैलाई नभेटेको खण्डमा मलाई नै लिने सान्त्वना दिएकी छिन् । मलाई ब्याकअपमा राखिएको थियो ।’
आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अगस्ट ११ मा रिलिज हुँदैछ ।
करीना कपूर खानका साथै दक्षिण भारतीय फिल्मका सुपरस्टार नागा चैतन्य टम ह्याक्सको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेकमा देखिनेछन् ।
फिल्मलाई आमिरको फिल्म ‘सिक्रेट सुपरस्टार’का निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण