मिचाहा प्रजातिका मान्छेहरु
बिहीबार, २६ साउन २०७९, ११ : ५६
मान्छेभित्र पनि केही मान्छेहरु
जो मिचाहा प्रवृत्तिका छन्
तिनले खोलानाला, पहाड, जंगल
सबै मिच्छन्
मिच्छन् देश
र, मिच्छन् आकाशैतक पनि !
मिचाहाहरु पेल्छन्
दपेट्छन् सोझासाझालाई
मिच्छन् तिनका भूमि र भाषाहरु
थिच्छन् तिनका संस्कृति र सम्पदाहरु
दबाउँछन् तिनका भावनाहरु
र भत्काउँछन् सभ्यताहरु !
मिचाहाले जानेकै मिच्नु हो
तराई, मधेस, पहाड, उपत्यका
जहाँ मिचाहा पस्छन्
त्यहाँ बाँकी सबैका अस्तित्व
संकटमा पर्छन् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण