भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो
भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ ।
अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाइएको छ । ‘राजु उठ, अब धेरै भयो । अझै धेरै काम गर्नुछ’, अडियोमा अमिताभले भनेका छन् । उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
राजु अमिताभलाई आफ्नो आदर्श मान्छन् । डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए ।
त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन् ।
राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो । उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो । जसमा सतप्रतिशत ब्लकेज थियो । शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो । उनले औला र कुम हल्लाउन थालेका छन् । तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण