विकास र परिवर्तनका लागि एकता र साझा संकल्पको खाँचो छ : मन्त्री विष्ट
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले जनता र जनप्रतिनिधिबीचको असमानताका कारण विकास र परिवर्तन पछि परेको बताएका छन् । विकास र परिवर्तन चाहने हो भने जनता र जनप्रतिनिधिहरु बीचको दुरी अन्त्य हुन आवश्यक रहेको उनले बताए ।
सोमबार बराहताल गाउँपालिकाको जन भेटघाट कार्यक्रममा पुगेका मन्त्री विष्टले भने,‘जनता र नेताबीचको संस्कार, स्वभावमा एकरुपता छैन् । जसले गर्दा हामी पछि परिरहेका छौं । विकास र समृद्धिका लागि एकता र साझा संकल्पको आवश्यक छ ।’
एउटा पार्टीबाट चुनाव लडेर जितेको नेता, जनप्रतिनिधि गाउँमा आएको खण्डमा अर्को पार्टीका कार्यकर्ताहरु, आस्था राख्ने जनताहरु सहभागि नहुने गरेको उनको दुःखेसो छ । आफ्नो पार्टीको नेता आएको खण्डमा गुनासो राख्ने अर्को पार्टीको मान्छे आएको फर्केर नहर्ने परिपाटीको अन्त्य हुनुपर्ने मन्त्री विष्टले बताए । कार्यक्रममा स्थानीयले खानेपानी, सडक र विद्युतको सन्दर्भमा समस्याहरु सुनाएका थिए । जवाफमा उनले राज्यसँग भएका सीमित साधन र स्रोतबाट क्रमशः यी समस्या समाधान गरिने बताए ।
विद्युतीकरणको सन्दर्भमा मन्त्री विष्टले पश्चिम क्षेत्रमा ५० प्रतिशत विद्युतीकरण भएको र बाँकी रहेका ठाउँमा एकमुस्ट विद्युतीकरण गर्ने गरी टेन्डर भएको जानकारी गराए । साथै उनले आगामी आर्थिक वर्षमा प्रदेश र संघसँगको समन्वयमा सभा हलसहितको वडा कार्यालय स्थापना गर्नतर्फ ध्यान दिन वडाअध्यक्षहरूलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण