यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
तेहरान । साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबिच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् । दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उनकाे यो भनाइ आएको हो ।
“यमन, बाब अल–मन्दाब र अन्य क्षेत्रीय मुद्दाहरूको कुनै सैन्य समाधान छैन भन्ने हाम्रो बुझाइ रहेको छ,” शनिबार इरानी दैनिक एक पत्रिकामा प्रकाशित अन्तर्वार्तामा अराघचीले भने । उनले दुवैपक्षबिच ‘संवाद’ को लागि आह्वान गरे ।
उनले यमनको स्थितिलाई इरानसँग जोड्न नसकिने बताए । बाब अल–मन्दाब जलसन्धिको क्षेत्रमा भइरहेका घटनाहरू ‘यमन, साउदी अरब र त्यस क्षेत्रका देशहरूबीचका पुराना विवाद र मुद्दाहरूबाट उत्पन्न भएकाे उनले बताए ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घसँगको वार्ताबाट भएको युद्धविरामपछि ठूलो मात्रामा रोकिएको यमनी हुथी र साउदी अरबबिचको नवीकृत द्वन्द्व यस महिना फेरि सुरु भएको छ । तेहरान निकट हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका छन् र ट्याङ्करहरूमाथि आक्रमणको दाबी गरेका छन् ।
यो नाकाबन्दीले साउदी अरबको विश्वमा आफ्नो आपूर्ति पुर्याउने क्षमतालाई खतरामा पारेको छ । इरानले हर्मुज जलसन्धि (साउदी अरबको एकमात्र अर्को समुद्री मार्ग) मा समानान्तर नाकाबन्दी लगाएपछि यस्तो अवस्था आएको हो।
शुक्रबार हुथीका एक प्रवक्ताले विद्रोहीहरूले बाब अल–मन्दाब जलसन्धिबाट आवागमन रोकेका छैनन् र समुद्री नाकाबन्दीले ‘केवल साउदी पक्षलाई मात्र असर गर्ने’ बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण