विवाहको ६ वर्षपछि आमा बन्दै बिपाशा बसु
बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाबारे जानकारी दिएका छन् । यो जोडीले सोसल मिडियामा फोटो सेयर गरेर खुसीको खबर साटेका हुन् । बिपाशा र करण विवाह गरेको ६ वर्ष पछि आमाबुवा बन्दैछन् । बिपाशाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्न फोटोको सहारा लिएकी छिन् र उनको बच्चा चाँडै नै यो धर्तीमा आउन लागेको पनि बताएकी छिन् ।
यो जोडीले म्याटरनिटी फोटोसुटको फोटो सेयर गर्दै क्याप्सन लेखे, ‘एक नयाँ समय, एक नयाँ चरण, एक नयाँ प्रकाशले हाम्रो जीवनमा अर्को छहारी थप्दैछ । हाम्रो जीवन र परिवार पूरा हुँदैछ । हामीले यो जीवनको सुरुवात एक्लै गरेका थियौँ र त्यसपछि हामीले एक–अर्कालाई भेट्यौँ । त्यसपछि हामी दुईजना मात्रै थियौँ । दुई व्यक्तिबीच यति धेरै प्रेम हामीलाई ठिक लागेन त्यसैले जो दुई थिए छिट्टै नै तीन हुँदैछन् ।’
थपेकी छिन्, ‘हाम्रो प्रेमको निशानी, हाम्रो बच्चा हाम्रो जीवन र खुसीमा समावेश हुँदैछ । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका लागि धन्यवाद । तपाईंहरुको शुभकामना सधैँ हाम्रो जीवनको हिस्सा थियो र रहनेछ । ’
बिपाशा र करणले सन् २०१६ को अप्रिल ३० मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी
-
विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल प्रहरीको नियन्त्रणमा
-
कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला
-
अयोध्याकाे राम मन्दिरमा दान हिनामिनासम्बन्धी विवाद चुलियो
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण