मनाङमा १ वर्षमा थपिए ४९ वटा नयाँ उद्योग
हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।
मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावार उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावार उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पूँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगत कट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए ।
यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सीपविकास तालिम दिएको छ ।
कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण