कार्यकर्तालाई ‘जबज’ पढाउँदै एमाले
नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले वार्षिक कार्ययोजनाअनुसार भदौ २ गतेबाट कार्यकर्ता (विषयगत प्रशिक्षण) सुरु गरेको छ । प्रशिक्षण पार्टी कार्यालय च्यासलमा शुरू भएको हो ।
पहिलो दिन एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू प्रशिक्षणमा सहभागी छन् । किसान महासंघका कायकर्ताहरुलाई तीन दिन (भदौ २,३ र ४ गते ) प्रशिक्षण दिने स्कुल विभाग सचिव पेम्वा लामाले जानकारी दिइन् । मार्क्सवाद, जनताको बहुदलीय जनवाद (जबज), महाधिवेशनबाट पारित कार्यनीति, मिडिया र सम्वन्ध, कुटनीति लगायतका नौ वटा विषयमा प्रशिक्षण दिइने सचिव लामाको भनाइ छ ।
पहिलो दिन स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले विषयगत प्रशिक्षण दिएका छन् । दोस्रो दिन पार्टी महासचिव शंकर पोखरेलले जबजबारे प्रशिक्षण दिनेछन् भने विदेश विभाग प्रमुख राजन भट्टराईले कुटनीतिका बारेमा प्रशिक्षण दिने कार्यतालिका रहेको छ । त्यस्तै मिडिया र पार्टी सम्बन्धबारे त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वाइपी आचार्यले प्रशिक्षण दिने छन् ।
किसान महासंघपछि भदौ ५ देखि ७ सम्म युवा संघ नेपालका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।
त्यसपछि क्रमशः अरु सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभर ७,८ वटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण