अमृत कोषको स्थापना ऐतिहासिक थालनी हो : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताएकी छन् । परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा अमृत कोषको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
नेपाली समाजमा आमाको दूध दान गर्ने कार्य पुरानो अभ्यास भएपनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरूबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उनले प्रशंसा गरिन् ।

अमृत कोषको स्थापनाले नेपालबाट मातृ तथा शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । साथै स्तनपानको महत्वबारे जनचेतना फैलाउन सम्बन्धित निकाय अगाडि बढ्ने प्रति विश्वास व्यक्त गरिन् ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराबहादुर केसीले स्त्री तथा प्रसूति रोगको उपचार पहिचान र सेवा विस्तार सात प्रदेश र ७७ वटै जिल्ला पुर्याउन पहल भइरहेको बताए । मन्त्री केसीले स्त्री, प्रसूति र शिशुहरूको उपचार सेवा उपलब्ध गराउनका लागि विश्वमा उपलब्ध अत्याधुनिक स्वास्थ्य उपकरणमार्फत सेवा प्रदानका लागि मन्त्रालय तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण