अङ्कुरी महादेव मन्दिरमा साठी किलोको बसाहा
शनिबार, ०४ भदौ २०७९, १५ : ३६
श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसाहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गरेका हुन् । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका–२ मा पर्छ ।
अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताए । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण