राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पदाधिकारी नियुक्त, कसलाई कुन जिम्मेवारी ?
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको पदाधिकारी गठन गरेको हो ।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पार्टीको केन्द्रीय सदस्यहरु डोलप्रसाद अर्याललाई उपसभापति, डा मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ । बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यसैगरी बैठकले केन्द्रीय सदस्य गीता रेग्मीले सदस्य पदबाट राजीनामा दिएकाले रिक्त केन्द्रीय सदस्य पदमा पार्टीको विधानको धारा ९५ बमोजिम चितवनकी सविना विकलाई नियुक्त गरेको छ ।
सोमबार सम्पन्न बैठकले आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्या समाधानमा सहयोग गर्ने, सामाजिक कार्य सहकार्य गर्ने र बेथितिविरुद्ध खबरदारी गर्ने उद्देश्यले र्यापिड एक्सन गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा गठित यस टिमले नेपालको विभिन्न सार्वजनिक निकायदेखि सर्वसाधारण नेपालीको दैनिक जीवनका विभिन्न क्षेत्रमा सुधारका लागि आवाज उठाउने तथा सक्रिय भूमिका खेल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण