उम्मेदवारको मापदण्ड तोक्दै एमाले
मङ्गलबार, ०७ भदौ २०७९, ११ : १४
नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ ।
‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’
एमालेले निर्वाचन केन्द्रीत बैठक डाकेको छ । जसमा भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण