एमाले स्थायी कमिटी बैठक जारी
मङ्गलबार, ०७ भदौ २०७९, १२ : ०८
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा जारी बैठकमा चुनाव केन्द्रीत विषयमा छलफल केन्द्रीत रहेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने तयारी छ । साथै यसअघि बसेको सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्दै केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।
पार्टीको आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको एमालेको सिंगो नेतृत्व निर्वाचनमा होमिने तयारी छ । एमाले स्थायी कमिटीपछि भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण