मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने २२७ चालकमाथि कारवाही
बुधबार, ०८ भदौ २०७९, १२ : ०८

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् ।
कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ । मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म