संसदमा विचाराधीन विधेयकबारे कानुन मन्त्रीबाट राष्ट्रपतिलाई ‘ब्रिफिङ’
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले कानुन निर्माण प्रक्रिया र संसदमा विचाराधीन विधेयकका सम्बन्धमा सरकारको योजना बारेमा ‘ब्रिफिङ’ गरेका छन् ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसँग भएको भेटमा कानुन निर्माण प्रक्रिया, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको योजना ‘ब्रिफिङ’ गरेको मन्त्री शर्माले रातोपाटीलाई जानकारी दिए । सो अवसरमा महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि सहभागी थिए ।
भेटमा राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला र पीडित पक्षले उठाएका विषयबारे चासो राखेकी थिइन् ।
जवाफमा मन्त्री शर्माले पीडित तथा सरोकारवालाले उठाएको विषयलाई संसदीय प्रक्रियाबाटै सम्बोधन गर्न सरकार र राजनीतिक दल तयार भएको राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका थिए ।
उनले देशकै समस्याका रुपमा रहेको यो समस्या समाधानमा देशकै अभिभावकको भूमिकामा रहेको राष्ट्रपतिबाट सबै पक्षको सहयोग जुटाउने भूमिका निर्वाहका लागि आग्रहसमेत गरेका थिए । यस सम्बन्धमा राष्ट्रपतिले सकारात्मक जवाफ दिएको मन्त्री शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण