युक्रेन नेटोमा सहभागी नभए पनि रुसी हमला रोकिन्न : मस्को
मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए । रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए ।
फेब्रुअरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने ।
रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको बताएका छन् । किभ र पश्चिमाहरूले यसलाई युद्धको लागि आधारहीन बहाना भनेका छन् । युक्रेनमाथि रुसी हमला गर्नुअघि मस्कोले किभलाईनेटोको सदस्यता लिने प्रक्रिया रोक्न चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण