एप्पलले भारतमा पनि बनाउदैछ नयाँ आईफोन १४
एप्पल इन्कले आईफोन १४ चीनमा सार्वजनिक भएको दुई महिनापछि नै भारतमा पनि निर्माण सुरु गर्ने योजना बनाएको छ । लामो समयदेखि चीनमा आफ्ना फोनहरू बनाइरहेको एप्पलले पछिल्लो समय अमेरिका र चीनबीच भूराजनीतिक टकराब बढेपछि विकल्प खोज्न थालेको छ ।
यस अन्तरगत भारतलाई चीनको विकल्पको रूपमा हेरिएको छ । यही वर्ष भारत र चीनबाट एकै पटक फोन सार्वजनिक गर्ने योजना भए पनि त्यो सफल नभएको स्रोतलाई उद्धृत गर्दै ब्लुमवर्गले लेखेको छ ।
आईफोनको यस पटकको संस्करण चीन र भारतबाट एक्कै पटक सार्वजनिक गर्न नसके पनि छोटो समयपछि भारतमा फोन एसेम्बल सुरु गर्ने तयारी सुरु भएको ब्लुमवर्गले लेखेको छ ।
आईफोन सेटका प्राथमिक निर्माता फोक्सकोन टेक्नोलोजी ग्रुपले पछिल्लो समय चीनमा बनेका आईफोनका पार्टपुर्जा दक्षिण भारतीय सहर चेन्नाईसम्म पुर्याउने प्रक्रिया अध्ययन गरिरहेको स्रोतले बतायो ।
एप्पलले सन् २०१७ देखि नै आईफोन सम्बन्धी विभिन्न पार्टपुर्जाहरू चेन्नईस्थित उद्योगबाट उत्पादन गर्न थालेको हो ।
एप्पल र फक्सकनले भारत र चीनबाट आइफोन एक्कै पटक उत्पादन गर्ने योजन यो वर्ष सम्भव नभए पनि त्यसलाई उनीहरुले दीर्घकालीन उद्देश्य अन्तरगत राखेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण