बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा महँगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीको अनुरोध

तीजको सुरक्षामा २४ सय प्रहरी परिचालन
मङ्गलबार, १४ भदौ २०७९, १० : १६
मङ्गलबार, १४ भदौ २०७९

हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा ब्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने विश्वास छ । सो विश्वासका साथ मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । 

पशुपतिनाथमा भक्तजनको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरा र एसपी दिनेशराज मैनाली सहितको टोली पशुपति क्षेत्रमा खटिएका छन् । कमाण्ड सेन्टर स्थापना गरेर सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

 पशुपति क्षेत्रको सुरक्षामा २४ सय प्रहरी परिचालन गरिएको छ । पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना परिचालन गरिएको छ । भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् । 

पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ । ‘पाकेटमारी र लुटपाट हुनबाट जोगिन हामिले बहुमूल्य गहना नलगाउन र महंगो मोबाइल नबोक्न अनुरोध गरेका छौं’ एसपी मैनाली भन्छन्–‘प्रहरीको आँखा छलेर पाकेट मार्ने समूह पनि सक्रिय हुने हुनाले भक्तजनहरूले पनि सचेतना अपनाउन जरुरी छ ।’ 

पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी युनिट र एम्बुलेन्स स्ट्याण्डबाई राखेको छ । बालबालिका हराएमा कमाण्ड पोष्टमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप