आयात प्रतिबद्ध खुलाउँदै सरकार
अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ।
सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटामाथिको प्रतिबन्ध कायम राखेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो। यस्तै ३४ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तु, कुरकुरे,कुरमुरेरलेज,खेलौना एवं तासको आयात खुला गरिएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले आयातमा रोक लगाइएका १० वटा वस्तुमध्ये ६ वटा ल्याउन खुला गरिएको बताए। उनले अझै चारवटा वस्तु आयातमा प्रतिबन्ध कायमै राखेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
-
२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार : ज्ञानेन्द्र शाही
-
अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ
-
पोर्चुगल विरुद्ध क्रोएसियामा विश्वकप इतिहासकै दोस्रो अत्यधिक इन्जुरी समय, कुन–कुन थिए लामा खेल ?
-
कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
-
प्रिन्सेस क्रुज जहाजमा नोरोभाइरस सङ्क्रमण, १२५ जना बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण