पोखरा महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला
बिहीबार, १६ भदौ २०७९, २० : ४८
पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोडस्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेका हुन्।
सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याइने बताए । 'हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुर्याइने छ,' उनले भने, 'एक वर्षभित्रमा महानगरका मुख्य-मुख्य चोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।' महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणहरूको उपयोगका लागि खुला गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण