अनलाइनबाट किनिएको मूर्तिलाई जब सयौं वर्ष पुरानो भनेर भक्तजनलाई ठगियो...
भारतको उत्तर प्रदेश राज्यस्थित उन्नावमा बुबा–छोराले देवी–देवताका मूर्ति अनलाइनमा किनेर सयौं वर्ष पुरानो भन्दै भक्तजनलाई ठगेको घटना सार्वजनिक भएको छ । उनीहरुले १६९ भारुमा किनेको मुर्तिको सेटलाई पहिले खेतमा गाडेको र गाउँलेलाई बोलाएर खेत खनेर निकालेको भन्दै सयौं वर्ष पुरानो मूर्ति भेटिएको भन्दै प्रचार गरिएको पाइएको छ ।
पाँच सय वर्ष पुरानो मूर्ति भेटिएको हल्ला छिट्टै वरिपरि फैलिन थालेपछि पूजा गर्नेहरुको भिड लाग्यो । दुई दिनमा भक्तजनले ती मूर्तिमा ३५ हजार भारुको भेटी चढाए । तर पछि मूर्ति डेलिभरी गर्ने व्यक्तिले पोल खोलिदिएपछि अहिले ती बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा अशोककुमार र उनका दुई छोराहरु रवि तथा विजय गौतम छन् । प्रहरीका अनुसार दुई दिनमा मूर्तिलाई फलफूलसहित करिब ३५ हजारको भेटी चढाइएको थियो । बाबु र दुवै छोराले पनि पैसाका लागि सबै प्रपन्च रहेको स्वीकारेका छन् ।
खेतबाट हिन्दू देवताका पहेँलो धातुका मूर्तिहरू बाहिर निस्केको खबर पाएपछि एसडीएम र स्टेशन इन्चार्ज पनि घटनास्थल पुगेका थिए । उनले पुरातत्व विभागका अधिकारीलाई खबर गरी अभियुक्त अशोकको घरमा राखिएका मूर्तिहरू ल्याएका थिए । १६९ भारुमा अनलाइन अनलाइन अर्डर गरिएको खुल्यो ।
पाँचसय वर्ष पुरानो मूर्ति खेतमा भेटिएको कुरा अनलाईनमा पनि चर्चा हुन थाल्यो । त्यससम्बन्धि तस्विर मीशोका डेलिभरी म्यान गोरेलनले पनि देखे । उनले लगतै तस्बिर चिनिहाले । त्यसपछि उनले उक्त क्षेत्रका प्रहरी इन्चार्जलाई सम्पर्क गरेर मूर्ति अनलाइन अर्डर गरेको बताए ।
गोरेलनले प्रहरी समक्ष भने– ‘मैले यी मूर्तिहरू अशोकको ठाउँमा ल्याएको थिएँ । उनका छोरा रवि गौतमले मेसु कम्पनीबाट १ सय ६९ भारुमा मूर्तिको सेट अनलाइन अर्डर गरेका थिए । मैले यो ती सेट अगस्ट २९ मा उनको घरमा पुर्याएको थिए ।’
डेलिभरी गर्ने व्यक्तिले थप प्रमाणका लागि ती मुर्तिको अनलाइन बुकिङको रसिदहरू पनि देखाएका थिए । प्रहरीले पछि शान्ति व्यवस्था भंग गरेको र जनताको विश्वासमा खेलाची गरेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको सो क्षेत्रका प्रहरी चौकी इन्चार्ज अनुराग सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण