शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गोर्बाचेभको अन्तेष्टिमा पुटिन सहभागी नहुने

शुक्रबार, १७ भदौ २०७९, ०७ : ५२
शुक्रबार, १७ भदौ २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए । 

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् । 

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए । पश्चिमा देशका वाहवाह बनेका गोर्बाचेभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप