उत्तरपुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थीलाई कारबाही
परीक्षाको उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ ।
शनीबार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ ।
आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्वर ५०३९५०६/ ०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका १ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेको छन् भने अन्य २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार नम्बर लेख्ने शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ भने अन्य २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ ।
उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ । उनीहरुलाई प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम शनीबार कारबाही गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण