बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरपुस्तिकामा मोबाइल नम्बर र नाम लेख्ने २१ परीक्षार्थीलाई कारबाही

१ जनाले २ वर्ष र २० जनाले १ वर्षसम्म  कुनै पनि परीक्षामा सहभागी हुन नपाउने
आइतबार, १९ भदौ २०७९, १० : २६
आइतबार, १९ भदौ २०७९

परीक्षाको उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ । 

शनीबार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ । 

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्वर ५०३९५०६/ ०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका १ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेको छन् भने अन्य २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए । 
 
उनका अनुसार नम्बर लेख्ने शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ भने  अन्य २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको  छ ।

उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ । उनीहरुलाई  प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम शनीबार कारबाही गर्ने निर्णय गरेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप