१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
सारांश
- नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, सजाय १६ गते तोकिने।
- प्रधानमन्त्री ओलीले ग्वार्को ओभरपासको उद्घाटन गरे, नेपालकै पहिलो ओभरपास सञ्चालनमा।
- इरान-इजरायल द्वन्द्वबारे नेपालले सुरक्षा र उद्धारको तयारी थाल्यो, उपनिर्वाचनबारे आयोगसँग परामर्श।
रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. बस्नेत दोषी ठहर
नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १६ गते पेसी तोक्ने आदेश गरेको छ ।
३. उद्धारको तयारी
इरान र इजरायलबिच युद्ध चर्किएसँगै ती मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि नेपालले तयारी थालेको छ । परराष्ट्र मन्त्रालयले स्थितिको गम्भीरतापूर्वक निगरानी गरिरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन उद्धारका लागि रणनीतिक योजनाहरूमा काम गरिरहेको प्रस्ट पारेको छ ।
४. उपनिर्वाचन प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर परामर्श गरेका हुन् । आयोग पदाधिकारीहरूले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सुझाव दिँदै राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचनबारे समेत छलफल गरेका हुन् । सो क्रममा आयोगले कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव गरेको छ ।
५. मुलुक नै महामन्त्री
निर्वाचन आयोगले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।
निर्वाचन आयोगले अभिलेखमा महामन्त्री डा मुकुल ढकाल नै रहेको बताएपछि त्यसमा रास्वपाले आपत्ति जनाएको हो ।
६. राजमार्गमा सावधानी
अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
७. तीन दलको बैठक
प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो ।
८. सात बुँदे सवाल
कांग्रेस र एमालेबिच गत वर्ष भएको सात बुँदे सहमतिका कतिपय बुँदा अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैनन् ।
०८१ असार १७ गते प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले करिब साढे तीन वर्षका लागि सात बुँदे सहमति गरेका थिए । सोही सहमतिमा टेकेर केपी शर्मा ओलीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।
९. बोर्ड
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्टक ब्रोकर नियमावली, २०६४’ को छैटौँ संशोधन गर्न लागेको छ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्कट ब्रोकर)को पुँजी बढाउन समय थप गर्नेगरी बोर्डले नियामवाली संशोधन गर्ने लागेको हो ।
१०. रोका पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ परेकी छन् । प्रहरीले उनलाई शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।
११. आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
घरेलु टोलीले स्कटल्यान्डले टी–ट्वान्टी त्रिकोणात्मक सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले सिरिज जितेको हो ।
स्कटल्यान्डमा भएको खेलमा घरेलु टोलीले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५९ रन बनायो ।
१२. राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
बिपी राजमार्गमा आजदेखि १५ दिनका लागि रातिमा सडक सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राति ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म राजमार्ग हुँदै सिन्धुली, खुर्काेटबाट काठमाडौं जाने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण